रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ पौष २२, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस २२,काठमाडौँ । नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो ।

पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरू सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।

‘नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। नेसुपा छिटै दल घोषणा सभामार्फत आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरू जनतामाझ राख्ने तयारीमा रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस